एउटा किराले २६ रेललाई रोकिदिएपछि...
जापानमा मानिसहरु समयबारे निकै सचेत छन्। कुनै पनि कुरामा केही समय मात्र ढिला भयो भने पनि कम्पनीहरुले सार्वजनिक रुपमा माफी माग्छन्। तर, दक्षिणी जापानमा यसपटक केही समय बिजुली ठप्प हुँदा २६ रेलहरुको यात्रा रोकियो। यसले कम्तिमा पनि १२ हजार यात्रुलाई समस्यामा पार्यो। यो सब भएपछि त्यहाँका अधिकारीले छानबिन गर्न एउटा समिति बनाए। एक साता लामो छानबिनपछि निष्कर्ष निस्कियो– एउटा घोंघीका कारण यो सब भएको रहेछ। यो अनौठो घटना त हो तर जापानी अधिकारीले यो पहिलो पटक नै भएको हो चाहिँ भनेका छैनन्।
यो घटना हो, मेको। त्यो दिन विद्युत् आपुर्तिमा अचानक रोकावट आयो। यसले क्युसु रेलवेको अपरेसनको सेवामा समस्या पर्यो। यसका कारण २६ रेलहरु रोकिए। छानबिन समितिले रिपोर्ट दिएपछि कम्पनीका प्रवक्ताले भनेका छन, ‘विद्युत् आपुर्ति रोकिनुमा एउटा किरा जिम्मेवार रहेछ। हाम्रो पावर सिस्टममा घोंघा छिरेकाले यो सब भएको हो।’
त्यसो त यसअघि बारम्बार हरिण तथा अन्य जनावार रेलसँग ठोक्किएर समस्या पनि हुने गरेका थिए। तर, एउटा किराले उनीहरुलाई रोकिदिएको यो पहिलो पटक हो। एजेन्सी