सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्डपबाट उठेर दुलही परीक्षा दिन गएपछि...

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १७, ०६:२२ खबर संवाददाता

खासमा संसारमा मानिसका स्वभाव र चाहना फरक फरक हुन्छन्। त्यसैले त कहिलेकांही झट्ट सुन्दा पत्यार नै नलाग्ने समाचारहरु पनि आइरहेका हुन्छन्। झन विवाहको सिजनमा त विवाहसम्बन्धी समाचारले हामीलाई कहिलेकांही अचम्ममा पारिदिन्छ। 

एउटा यस्तै भारतको महाराष्ट्रको औरंगावाद भन्ने ठाउँमा १२ कक्षा पढ्दै गरेकी युवतीले पढाइप्रति आफ्नो प्रतिबद्धता देखाएकि हुन्। उनी विवाहको मन्डपबाट उठेर परीक्षा दिन गइछन्। २० वर्षकी रेणुका पावरले आफ्नो विवाहमा पहिले १२ कक्षाको अर्थशास्त्र विषयको परीक्षा दिन गएकी हुन्। 

उनले पहिले नै परिवारलाई आफ्नो परीक्षाको दिन विवाहको मिति नतोक्न अनुरोध गरेकी रहेकि थिइन्। तर, उनको कुरा सुनिएन। त्यसैले उनी विवाहको दिन विहान मन्डपमा गएपछि परीक्षा दिन पुगिन्। परीक्षा सकाएर आउँदा उनलाई त्यहाँ भव्य स्वागत गरिएको र उनको र शंकर नामका युवाको विवाह भएको भारतीय सन्चारमाध्यममा समाचार छ। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस