सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

२०७६ फाल्गुन १७, १०:२७ खबर संवाददाता

डोटीमा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ।  जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्रतिशतले वृद्धि भएको जनाएको छ। 

यो संगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको कार्यालयका  प्रमुख रमेश मलासीले बताए। उनले भने, “बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेपछि यहाँको मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ, यो आफैमा राम्रो पक्ष हो।” 

बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महिनैपिच्छै बढ्दै जान थालेको  तथ्याङ्ले देखाएको छ।  यहाँका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छन्। 

जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित सुत्केरी हुन थालेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए।  शिखर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक हरिष शाहले भने, “प्रसूति सेवा शुरु गर्नुभन्दा पनि स्वास्थ्य संस्थामा पूर्वाधारको विकास हुनु जरुरी छ।”
 

कमेन्ट लोड गर्नुस