युवासँग फोनमा कुरा गरेको भन्दै कुटपिट गरेर युवतीको कपाल खौरिइयो
अहिले एउटा घटना बाहिर आएको छ। भारतको मध्यप्रदेशको अलिराजपुरको यो घटना आधुनिक समाजका लागि कुनै कलंकभन्दा कम छैन।
त्यहाँको सोन्डवा गाउँमा एक युवतीमाथि केही युवाहरु मिलेर कुटपिट मात्र गरेनन्, उनको कपाल पनि खौरिइयो। र, यसको एउटै कारण थियो कि ती युवतीले फोनमा एक युवासँग कुराकानी गरेकी थिइन्।
र, ती युवतीमाथि यस्तो अन्याय गरेका उनकै परिवारका सदस्यले हो। त्यहाँका प्रहरी अधिकारीले अब ती चार जनालाई नै गिरफ्तार गरेर अनुसन्धान सुरु गरेको जनाएका छन्। -ऐजेन्सी