सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर
धनगढी: सुदूरपश्चिम फाउन्डेसनले धनगढीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को धुरजन्नाका सुकुम्बासी शिविरलाई लक्षित गर्दै फाउन्डेसनले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो।
धनगढीको माया मेट्रो अस्पतालको सहकार्यमा नाक, कान, घाटी, स्त्री रोग र जनरल फिजिसियनतर्फका विरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको फाउन्डेनका अध्यक्ष भरत शाहले जानकारी दिए।
उनका अनुसार शिविरमा चार सय ९० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ।