सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाद्न लजाउनुहुन्छ? नलजाई पाद्नुका यस्ता छन् ७ फाइदा

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन १८, ०८:३५ खबर संवाददाता

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन। तर जब कसैले मलद्वारबाट हावा छोड्छ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ। अझ कहिलेकाहीँ उच्च आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास अर्थात पाद ब्यक्तित्वको समस्या बनिदिन्छ।

पेटभित्र पाचन क्रियाको दौरान उत्पन्न हुने ग्यास दिनमा औषतमा ८÷१० पटक मलद्धारबाट निस्किन्छ। पादमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ। शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ। तर पाद वा पाद्नु भन्ने शब्द सुन्ने बित्तिकै मानिसलाई लाज हुन्छ। यद्यपि पाद्नुका भने थुप्रै फाइदाहरु छन्।

यस्ता छन् पाद्नुका फाइदा

१. पाद्नु ठूलो आन्द्राका लागि अत्यन्त फाइदाजनक हुन्छ। त्यसैले पाद रोक्नु हुदैन अन्यथा ठूलो आन्द्रामा समस्या हुनसक्छ।

२. पाद्दा शरीरभित्र जम्मा भएका विषालु ग्यास बाहिर जान्छ र शरीरलाई आराम मिल्दछ।

३. पादको गन्ध, प्रकार र आवाजले पनि पाचनक्रियामा कुनै रोग छ छैन थाहा पाउँन सकिन्छ। अर्थात धेरै पाद आउनु गम्भीर रोगको संकेत हो भने दैनिक ८–१० पटकसम्म पाद आउनु साधारण हो।

४. पाद्दा आउने हाइड्रोजन सल्फाइडको गन्ध शरीरका लागि फाइदाकारी हुन्छ। यसले कोषको क्षय रोकेर हृदयरोग जस्ता जटिल रोगबाट पनि बचाउँछ।

५. पाद्नुको अर्को फाइदा भनेको पेटभित्र स्वस्थ्य ब्याक्टेरिया रहेको प्रमाण हो।

६. पाद्दा मानिसको पाचन प्रणाली सहि छ भनेर बुझ्न सकिन्छ। यसले खाना पचेको संकेत गर्छ।

७. पाद्दा भारी भएको पेट एकाएक आराम भएर आउँछ। यसले शारीरिक तथा मानसिक बोझ पनि कम गर्दछ।
 

कमेन्ट लोड गर्नुस