सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले रक्सी पिएर यसरी गरे डान्स (भिडियो)

२०७६ फाल्गुन १८, ०७:१६

६ जना प्रहरी अधिकारीहरूले रक्सी पिएर नागिन डान्स गरेको भिडियो भाइरल भइरहेको छ। भारतको तेलंगानास्थित कोथूर प्रहरी कार्यालयको उक्त भिडियोमा उनीहरू खुलमखुला बीयर पिउँदै नागिन डान्स गरिरहेका देखिन्छन्। 

भिडियोमा देखिने प्रहरी अधिकारीहरू त्यतिखेर ड्युटीमा थिएनन्। उनीहरू एक हवल्दारको बिहेमा सहभागी थिए। प्रहरी अधिकारीहरू विवाह हल नजिक निजी गाडीमा गीत बजाएर पार्टी गरिरहेका थिए। तीमध्ये दुईजना रक्सी पिउँछन् र नाच्न थाल्छन्। अरू पनि उनीहरूसँग जोडिन्छन्। 

घटना १० दिनअघिको हो तर शनिवारदेखि भाइरल बनिरहेको हो। केही दिनअघि शादनगरका प्रहरी निरीक्षक श्रीधर कुमारले एक कार्यक्रममा नाचगान गरेपछि भिडियो भाइरल बनेको थियो।

एसीपीले यी दुवै घटनाको अनुसन्धान गरेर प्रतिवेदन दिन आदेश दिएका छन्। दुवै घटनालाई वरिष्ठ अधिकारीहरूले दुराचार भनेका छन्। –एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस