गौरीगंगा स्वास्थ्य महोत्सवको तयारी पूरा
मसुरिया- गौरीगंगा नगरपालिकाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म सञ्चालन हुने स्वास्थ्य महोत्सवको तयारी पूरा भएको छ।
स्वास्थ्य महोत्सवको उद्धघाटन संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम छ। मन्त्री ढकाल कैलाली आईपुगेका छन्। स्वास्थ्य महोत्सवमा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परिक्षण गरिने गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तराज जोशीले बताए।
आँखा, नाक, कान, घाँटी, महिलाहरुको पाठेघरको क्यान्सर जाँच, एचआईभी र हेपाटाइटिस बिको परिक्षण, औलो जाँच, सिकलसेल एनिमिया, आङ खस्ने समस्याको जाँच, मानसिक स्वास्थ्य परिक्षणको साथै रक्तदान कार्यक्रम, योग शिविर, पोषण सम्बन्धी जानकारी लगायत स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु रहेको जोशीले बताए। सास्कृतिक कार्यक्रमको तयारी तयारी गरिएको छ। सेवाग्राहीका लागि बिहान ११ बजेबाट दिउँसो ३ बजे सम्म निःशुल्क यातायातको व्यवस्था मिलाईएको छ।