त्रिपुरासुन्दरीमा एकै गाउँका ३५ बढी बिरामी, नगरपालिकाले पठायो स्वास्थ्य प्राविधिकसहितको टोली
डोल्पामा एकै गाउँका ३५ जना भन्दा बढी बिरामी भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका १ को करेलीकाँडा गाँउका ३५ जनाभन्दा बढी एकैपटक बिरामी भएपछि नगरपालिकाले स्वास्थ्य प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ।
मुकुटेश्वर हिमालमुनि रहेको गाँउका ३५ जनामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि औषधिसहित स्वास्थ्य प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाएको नगर प्रमुख ओमबहादुर बुढाले बताए।
उनक अनुसार टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेर फर्किएपछि मात्रै रोगको पहिचान हुनेछ। अहिलेसम्म के भएको हो भन्ने यकिन नभएको उनकोे भनाइ छ। उपचारको लागि कम्तीमा दुई घण्टा हिँड्नुपर्ने भएकाले बिरामीले उपचार सेवा समेत नपाएको उनले बताए।