सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा चेकजाँचमा कडाइ, संक्रमितलाई भित्रिन नदिन उच्च सतर्कता

२०७६ फाल्गुन २५, ०७:२९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा गत माघ २ गते स्थापना गरेको स्वास्थ्य सहायता कक्षमो नियमित स्वास्थ्य परिक्षण हुने गरेको पाइएको छ। मन्त्रालयले कोभिड–१९ कोरोना भाइरसको संक्रमितलाई भित्रिन नदिन चेकजाँचका लागि चार जना स्वास्थ्यकर्मीलाई विमानस्थलमा खटाएको छ। 

स्वास्थ्यकर्मीहरुले दुई चरणमा काठमाडौँबाट धनगढी आएका यात्रुहरुको विमानस्थलमा परिक्षण गर्दै आएका छन्। विमान स्थलमा खटिएका सिनियर अहेव कैलाश डगौरा थारुले यात्रुहरुको तापक्रम नाप्ने गरेको बताए। ‘चार जना जनशक्ति विमानस्थलमा छ’ उनले भने, ‘विमानस्थलमा आएका सबै यात्रुहरुको हामी परिक्षण गछौ। शंका लागेमा सेती प्रादेशिक अस्पतालमा पठाउँछौ। यदी त्यस्ता बिरामी भेटिए १४ दिनसम्म सेतीको आइसोलेसन वार्डमा राख्ने व्यवस्था गरिएको छ।’

स्वास्थ्य सहायता कक्षमा अहिलेसम्म ७ हजार २ सय ४७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। ती मध्ये २ हजार २ सय ७२ महिला र ३ हजार ८ सय ७५ पुरुष रहेको तथ्याकं छ। 

चेकजाँच गरिएका मध्ये अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन। तर धनगढीबाट काठमाडौँ जाने यात्रुहरुको भने परिक्षण गर्ने गरिएको छैन।
 

 

कमेन्ट लोड गर्नुस