सुदूर नेपाललाई विश्वसँग जोड्दै

आश्रमका बृद्ध/बृद्धाको धनगढी डाइग्नोस्टिक्सद्धारा निःशुल्क स्वास्थ्य परिक्षण

। फोटो स्रोत ।
२०७६ फाल्गुन २५, ०९:२६ खबर संवाददाता

धनगढी–धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले तेस्रो वार्षिक उत्सवको अवसरमा मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ, असहाय, घरबार विहीन २९ जना बृद्धा/बृद्धहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। स्वास्थ्यकर्मी सहितको टोली आश्रममै पुगेर निःशुल्क रगत, सुगर, मिर्गौला, एचआइभी, हेपाटाइटिस–बि परीक्षण गरेका हुन्।

उनीहरुले आश्रममा फलफूल  समेत वितरण गरेको प्रालीका प्रबन्धक निर्देशक महेन्द्र साउँदले बताए। परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक हुने छ।

धनगढी उप महानगरपालिका वडा नम्बर ५ टिसिएन चोकमा रहेको धनगढी डाइग्नोस्टिक्सले आफ्नो वार्षिकोत्सवमा छुट समेत दिएको बताएको छ। डाइग्नोस्टिक्सको तस्रो वार्षिकोत्सवको अवसरमा स्वास्थ्य उपचारमा छुट दिएको हो। तेस्रो बार्षिकोत्सवका अवसरमा डाइग्नोस्टिक्सले होलबडी प्याकेज ५ हजार, मिनि होलबडी प्याकेज २ हजार र थाइराइड जाँच ५ सयमा गराउन लागेको आईतबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

फागुन २६ गते डाइग्नोस्टिक्स सेन्टरमा आयोजना हुने तेस्रो बार्षिकोत्सवका अवशरमा सो सुबिधा दिइने लागेको अध्यक्ष मीनबहादुर धामीले बताए। डाइग्नोस्टिक्सका अध्यक्ष धामीले आफुहरुले व्यवसायसका साथै समाज सेवा पनि विभिन्न कार्यक्रम गरी रहेको बताएका छन्। डाइग्नोस्टिक्सले हालसम्म ६ सय ७० जनाको निःशुल्क मधुमेह जाँच, ७ हजार बढीको सिकलसेल जाँच गरेको डाइग्नोस्टिक्स प्रालीका प्रबन्धक महेन्द्र साउँदले बताए। 

डाइग्नोस्टिक्स सञ्चालन देखि स्वास्थ्य जाँच गराउनेको संख्यामा समेत बृद्धी भएको सञ्चालकले जनाएको छ। यस डाइग्नोस्टिकले स्वास्थ्य जाँच गराउनुपर्छ भनेर जनचेतनात्मक काम समेत गरिरहेको प्रालीका प्रबन्धक साउँदको भनाई छ। ‘तीन वर्षमा डाइग्नोस्टिक्सले धनगढी लगायत विभिन्न ठाउँमा निःशुल्क शिविर आयोजना गरेको छ।’ उनले भने, ‘ती शिविरमा विपन्न समुदाहरुको उल्लेखीए सहभागिता र¥यो।’

डाइग्नोस्टिक्स सेन्टर सञ्चालमा आएपछि धेरै व्यक्तिमा स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने ज्ञानमा पनि बृद्धि भएको प्रयोगशाला प्रमुख निरज भट्टले बताए। ‘हाम्रो समाजमा स्वास्थ्यमा समस्या आएपछि मात्र उपचार गर्नुपर्छ भन्ने धेरैको सोच छ’ उनले भने, ‘तर, पछिल्लो समय धेरैमा चेतना आएको छ। जुन राम्रो पक्ष हो।’
 

कमेन्ट लोड गर्नुस