अष्ट्रेलियाबाट फर्किएका एक नेपालीलाई कोरोनाको आशंका, राखियो आइसोलेसनमा
२०७६ फाल्गुन २९, ०४:००
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई भरतपुर अस्पतालले आइसोलेशनमा राखेको छ।
१२ दिनअघि अष्ट्रेलियाबाट फर्किएका ती व्यक्तिको लक्षण कोरोनासँग मिल्ने देखिएकाले छुट्टै राखेर परीक्षण एवं उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
ती व्यक्तिको परिचय खुलाइएको छैन भने परीक्षणको रिपोर्ट आउनै बाँकी छ।
कमेन्ट लोड गर्नुस