सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहान ढिलासम्म सुत्नेलाई सताउन सक्छ यस्ता रोगहरुले

२०७६ चैत्र २, ०५:५५

एक अध्ययनको अनुसार बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिष्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ। जसलाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया एउटा मानसिक रोग हो जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन्।

मानिसमा स्मरण शक्ति नै नष्ट हुने खतरा हुन्छ

यो एक न्यूरोलोजिकल समस्या हो। जसको कुनै उपचार नै छैन। यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो।

९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ

यसको समस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा देखा पर्दछ। तर, अध्ययनको अनुसार यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ । बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिन सक्छ। विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ।

धेरै सुत्नु किन हुन्छ खतरनाक हुन सक्छ

धेरै सुत्दा कयौं प्रकारको हर्मोनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ। सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ दिमागसम्बन्धी समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ। लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चिकित्सकहरुसँग यसको समस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस