भारतमा कोरोनाबाट ज्यान गुमाउने २ जनाकै छोराछोरी सङ्क्रमित
भारतमा कोरोना भाइरस (कोभिड) १९० बाट ज्यान गुमाउने दुई जनाका छोराछोरीमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार दिल्लीमा कोरोना भाइरस (कोभिड) १९० बाट ज्यान गुमाउने ६९ वर्षीया महिलाको छोरामा भाइरसको सङ्क्रमण पाइएको छ।
दिल्लीको जनकपुरीमा रहने ४६ वर्षीय व्यक्तिको स्थितिमा सुधार देखिएपछि उनलाई राम मनोहर लोहियाको आईसीयूबाट सफदरजङ्ग अस्पतालको आइसोलेशन वार्डमा सारिएको छ।
ती सङ्क्रमित व्यक्तिले गएको फेब्रुअरी ५ देखि २२ तारिखसम्म इटली र स्विजरल्याण्डको भ्रमण गरेका थिए। त्यस्तै कलबुर्गीमा ज्यान गुमाएका ७६ वर्षीय पुरुषको छोरीमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।