सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका दुई अस्पतालमा आइसोलेसन कक्ष, दुई सीमा नाकामा कडाई

२०७६ चैत्र ३, ०१:५४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराका दुईवटा ठूला अस्पतालमा आइसोलेसन वार्ड (अलग कक्ष) तयार पारिएको छ। कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि जिल्लाको डडेल्धुरा अस्पताल र भित्रि मधेश जोगबुढास्थित परशुराम नगरपालिक– मा रहेको जोगबुडा अस्पतालमा एउटा/एउटा अलग कक्षा बनाइएको छ।

डडेल्धुरा अस्पतालमा पाँच शैया र जोडबुडा अस्पतालमा तीन शैया क्षमताको अलग कक्ष निमार्ण गरी आवश्यक औषधि पनि स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

दुई सीमा नाकाका डुंगा ओहोरदोहोर बन्द
कोरोना भाइरसबाट जोगिन डडेल्धुराको परशुराम नगरपालिकाअन्तरर्गत भारतीय सीमासँग जोडिएका दुई नाकाका डुंगा चलाउन बन्द गरिएको छ। परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाकामा संचालित डुुंगा चैत्र ४ गतेदेखि केहि दिनका  लागि बन्द गर्ने निर्णय गरिएको हो।

सीमा नाकामा हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभावका कारण डुंगा ओहोरदोहोर बन्द गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउँदले बताए।  स्थानीय ती नाकाबाट दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेच गर्ने गर्दछन्।

कमेन्ट लोड गर्नुस