सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्यावश्यक बाहेकका स्वास्थ्य परीक्षण नगर्न अस्पताललाई निर्देशन

२०७६ चैत्र ७, ०२:०७ खबर संवाददाता

सरकारले काठमाडौंका ५० शैया भन्दामाथिका अस्पतालहरूलाई अत्यावश्यक बाहेकका परीक्षण र शल्यक्रिया नगर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत मसान्तसम्मका लागि अत्यावश्यक बाहेकका कुनै स्वास्थ्य परीक्षण र शल्यक्रिया बन्द गर्न निर्देशन दिईएको जनाएको छ।

मन्त्रालयले शुक्रबार जारी गरेको १५ बुँदे निर्देशनमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका ५० बेड र सोभन्दामाथिका अस्पतालहरूलाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धित सेवाहरू आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्देशन दिने।’

मन्त्रालयले कोरोनाका शंकास्पद बिरामीलाई अन्य अस्पतालमा पठाउन नपाउने र प्राथमिकता दिएर उपचार गर्नुपर्ने निर्देशन दिएको छ। परीक्षणा पोजेटिभ आएमा अरुलाई नसर्ने गरी आइसोलेसनमा राख्ने र सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

कमेन्ट लोड गर्नुस