सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्किएर धनगढीकी महिला कोरोना आशंकामा सेती अस्पताल भर्ना

२०७६ चैत्र ९, ०७:५३ खबर संवाददाता

भारतबाट फर्किएकी एक महिलालाई कोरोना भाइरस (कोभिड–१९) को आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। पाँच दिन अघि भारतबाट फर्किएकी धनगढी उपमहानगरपालिकाकी ती महिलालाई आज आईसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए।

उनको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको डाक्टर जोशीले बताए। यसअघि पनि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका १० जनाको नमूना संकलन गरिको थियो। र ती मध्ये ७ जनाको रिर्पोट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको छ भने तीन जनाको रिर्पोट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।  

कमेन्ट लोड गर्नुस