सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको आशंकामा १३ जना आइसोलेसनमा

२०७६ चैत्र १४, ०६:२०

कोरोनाको आंशकामा १३ जनालाई आइसोलेसनमा राखिएको छ। सरकारले काठमाडौंका तीन अस्पतालमा १३ जना व्यक्तिलाई आइसोलेसन राखेको जनाएको छ

स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा ३ जना व्यक्ति आइसोलेसनमा राखिएको बताए। 

उनले भने, “हालसम्म ८०२ जना व्यक्तिमा कोरोना परीक्षण गरिएको छ। जसमा ३ जनामा संक्रमण देखिएको छ।”, “संक्रमण देखिएका २ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना भने उपचारपछि निको भइसकेका छन्।”

संक्रमण देखिएका दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको समेत उनले बताए। मन्त्रालयले व्यवस्था गरेको कल सेन्टरमा २४ घण्टामा ६ हजार २ कल आएको समेत उनले बताए। उपत्यकाबाहिरका संघ अन्तर्गतका अस्पताल र प्रदेशका अस्पतालमा पनि आइसोलेसनमा रहेको भए पनि तथ्यांक नआएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस