सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

२०७६ चैत्र २०, १२:३७ खबर संवाददाता

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो।

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए। चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ।

कमेन्ट लोड गर्नुस