सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख ७७ हजार बढी, एक लाख ३४ हजार बढीको मृत्यु

२०७७ वैशाख ४, ०५:५० खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २० लाख ७७ हजार बढ संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बिहीबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या २० लाख ७७ हजार ८ सय ३९ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन्। त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या छ लाख ४३ हजार ५ सय ८ पुगेको छ।

त्यस्तै, स्पेनका १ लाख ७७ हजार ट सय ४४ र इटालीका एक लाख ६५ हजार १ सय ५५ जनामा पनि कोरोनाको संक्रमण भेटिएको छ।

यस्तै अहिलेसम्म कोरोना भाइरसको –कोभिड १९) बाट मृत्यु हुनेको संख्या पनि एक लाख ३४ हजार ३ सय ७५ पुगेको छ। सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा अहिलेसम्म २८ हजार ५ सय ६ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजार ६ सय ४५ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ। स्पेनमा पनि १८ हजार ७ सय ८ मानिसको मृत्यु भइसकेको छ।

विश्वभर अहिलेसम्म पाँच लाख ९ हजार ८ सय ५३ संक्रमित निको भइसकेका छन्। 

 

कमेन्ट लोड गर्नुस