सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनकपुरमा सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’

२०७७ वैशाख ७, ११:३७ खबर संवाददाता

जनकपुरको सडकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ। जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ। 

कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेकी नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको प्रादेशिक अस्पताल श्रोतले जनाएको छ। 

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडिटी परीक्षण गरेको थियो। तर आरडिटीमा पोजिटिभ देखिए पनि पीसीआरमा नेगेटिभ देखिएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस