सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतबाट फर्केका वडाध्यक्षमा कोरोना एन्टिबडी पोजेटिभ

२०७७ वैशाख ८, १२:५३ खबर संवाददाता

भारतबाट एक महिनापछि फर्केका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टिबडी पोजेटिभ देखिएको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो। उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका उनलाई  २४ गते वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ। क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाध्यक्षकै पोजेटिभ देखिएपछि उनको प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस