सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेखक नारायण नेपालको विदेशी हैकम सार्वजनिक (भिडियोसहित)

२०७७ असार ८, ०७:२५ खबर संवाददाता

काठमाडौं: लेखक तथा पत्रकार नारायण नेपालको जागरण गीत विदेशी हैकम सार्वजनिक भएको छ। संगीत दिवसको अवसर पारेर गीत युटुबमार्फत सार्वजनिक भएको हो।

भारतद्धारा अतिक्रमित भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी विवाद लगायत राष्ट्रियताको बिषयमा नेपालीलाई जागरण गराउने भाव बोकेको गीत गायीका ममता खड्काको आधिकारिक युटुब च्यानलमार्फत सार्वजनिक भएको हो।

नारायण नेपालको शब्दमा नारायण दंगालले संगित भरेका छन्। उठ जाग नेपाली जनता हो बोलको गीतमा ममता खड्का र दामोदर न्यौपानेको स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा गायकद्धय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पाली लगायतले अभिनय गरेका छन्। म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन्।

देशमा विकसित पछिल्लो घटनाक्रम अनुसार जनतामा जागरण भाव जगाउन गीत निकालेको गीतकार नेपालले बताएका छन्। विश्व नै कोरोना महामारीबाट ग्रस्त भएको बेलामा भारतले नेपालीभूमिमाथीको अतिक्रमण तिव्र पारेको, बर्षौदेखि राज्यसञ्चालकबाट नै महत्वपूर्ण भूमि बेच्ने काम भएको लगायतका गम्भिर बिषयमा गीतमा समावेश भएको उनले बताए। नेपाली खोलानाला नदिसमेत विदेशीको कब्जामा पुगेको, सिमानाका बासिन्दा सास्तीमा रहेको भाव गीतमा झल्काइएको छ।

नेपाली राजनीतिमा जनतालाई राष्ट्रवादको नारा/भाषण सुनाएर जनताको सास्ती र भूमिमाथीको अतिक्रमणमा भने राज्यसञ्चालकले केही गर्न नसकेको आक्रोस गितमा पोखिएको छ। विदेशी हैकम सहनुहुँदैन, एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजीएको छ।

गितकार नेपालले यसअघि एनसेलको करछुट बोलको अडियो गीत निकालीसकेका छन् भने नेपालले नेपाली विद्यार्थी राजनीति, साहित्य, यात्रा संस्मरण लगायतका बिषयमा विभिन्न पुस्तक लेखिसकेका छन्।

 

कमेन्ट लोड गर्नुस