दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं: गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ३ बेसार’ सार्वजनिक भएको छ।
यस गीतमा बसन्त थापाको शब्द तथा संगीत रहेको छ। यस गीतमा कोरोना संक्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अस्थिरता, छिमेकी मुलक इमान एंव सिमाना र समाजमा विद्यामान जातिय विभेद सम्बन्धि विषय समावेश गरिएको छ।
काजिश श्रेष्ठले निर्देशन गरेको यस भिडियोमा दुर्गेश सहित जिवी चिरन ९चिरन जिबी सापकोटा०, काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का देखिएका छन्।