सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस्टर आरजेको मुनालाई १४ घण्टामा तीन लाख ३४ हजार भ्यूज, १० नम्वर ट्रेन्डिङमा

२०७७ भदौ २०, ०७:२५ खबर संवाददाता

धनगढी–गायक तथा संगीतकार राजेन्द्र भट्ट मिस्टर आरजेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीत एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

राज खुम्बु, सुजाता बर्माको स्वर रहेको छ भने गीतमा राजेन्द्रले ¥याप भरेका छन्। नवराज कलौनीको शव्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ।

गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तीमा खड्का र मोडल रियासा दाहालको अभिनय रहेको छ। गीतमा राजेन्द्र लगायत अन्य कलाकारलाई पनि देख्न सकिन्छ।

गीत निकै राम्रो बनेको निर्माणपक्षको दावी छ। यो गीत सार्वजनिक भएको १४ घण्टामै तीन लाख ३४ हजार बढि पटक हेरिएको छ भने ट्रेन्डिङमा १० नम्वरमा छ। 
 

कमेन्ट लोड गर्नुस