फोटो पत्रकार वन्तको ‘परदेशीको पीडा’ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौँ : गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ ।
फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित सो म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक र वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगयातले संयुक्त रुपमा विमोचन गरे ।
गायक विनोद दनुवारले स्वर दिएको सो म्यूजिक भिडियोमा फोटो पत्रकार वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । सो भिडियोमा नविनबाबु गुरुङको निर्देशन तथा छायाङकन रहेको छ । सहायक निर्देशन रेजीना तुलाधर र सम्पादन नविन निरौलाको रहेको छ ।
राससमा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यावसायिक एवं दक्ष फोटो पत्रकारको रुपमा स्थापित गर्दै मोडलिङमा पनि प्रवेश गरेको बताए । प्रतियोगितात्मक विभिन्न कार्यक्रम श्रृङखला चलाउने वन्त सिजन मिडियाका प्रवन्ध निर्देशक हुन् भने फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, उनीहरुको हकहित र अधिकारका लागि क्रियाशील छन् । कलाक्षेत्रमा केही योगदान गर्न सक्छु भन्ने मान्यताले आफू यस क्षेत्रमा आएको म्यूजिक भिडियोका मोडल वन्तले जानकारी दिए ।
“फोटो पत्रकारिता पनि कलाको एउटा रुप भएको र त्यसैले आफूलाई डो¥याएर यता ल्याएको छ, नेपाली शैलीका गीत र सङ्गीतलाई प्रश्रय दिन चाहन्छु”, उनले भने । उक्त कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।