सुदूर नेपाललाई विश्वसँग जोड्दै

गजल

२०७७ मंसिर ७, १२:३७ खबर संवाददाता

- गोपालप्रसाद पण्डित“गौरीशंकर“

कुनै मौसममा सुस्ता उठ्छ लिम्पियाधुरा उठ्छ !
तब चियापसलमा पनि छिमेकिको कुरा उठ्छ !!

गाउँमा रहुन्जेल हलो जोत्न जाँगर चलेन !
प्रदेश पुगेपछी चामल किन्न पाखुरा उठ्छ !!

म्याद गुज्रिएपछि गाउँमा सिटामोल पुग्यो !
पक्का हो अब ज्वरो पखाला दादुरा उठ्छ !!

गाउँलेले बाबुछोरा बिचमा आगो छर्केर गए !
एकछिन पर्ख तरवारको विरुद्ध छुरा उठ्छ !!

यो समयले तिमीलाई याद गर्न बाध्य बनाउँछ !
एक हातमा तिम्रो तस्विर अर्कोमा सुरा उठ्छ !!

तिमी माग्ने भएरै मध्य दिउँसमा बिउँझियौ !
राजधानी, सबेरै त हुम्ला–जुम्ला–बाजुरा उठ्छ !!

गजलकार बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् ।

कमेन्ट लोड गर्नुस