पूर्वपत्नीविरुद्ध कानुनी उपचार खोज्दै मनोज गजुरेल
धनगढी: सम्बन्धबिच्छेद गरेको तीन वर्षपछि अर्को विवाह गर्न लागेका मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि गजुरेलले मिनालाई कानुनी कारबाही गर्ने भएका छन्।
मिनाले विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गरेकाले कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नभएको मनोजले बताएका छन्।
गजुरेलले सामाजिक सञ्जालमार्फत पत्नीसँग छुट्टिएर आ–आफ्नो बाटो तय गरिसकेपछि पनि बारम्बार आफूमाथि प्रहार भएको बताएका छन्।
गजुरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन। एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ।तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो। त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु।'
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो...
Posted by Manoj Gajurel on Monday, December 14, 2020