सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ रुपैयाँले तय भएको यात्रा (भिडियो कथा)

मेरो कथा : श्रृंखला ०७

२०७५ भदौ २१, १०:२७

उनी सम्झिन्छन त्यो दिन, डोटी जिल्लाको पुर्वीचौकीमा २०२८ सालमा गाउँ पञ्चायतको छलफल सुरु हुन पुर्व गाउँकै लोभी प्रधानको खल्तीबाट कसले पैशा झिक्न सक्छ भन्ने चर्चा भयो । प्रधान छलफलका लागि आईरहेका थिए भने अन्य गाउँलेहरु पहिले नै भेला भईसकेका थिए । उनीहरु, कहिल्यै कसैलाई पैसा नदिने प्रधानको खल्तीबाट कसरी पैशा निकाल्ने जुक्ति खोज्दै थिए । त्यहि समयमा मनिराज जोशी १४ वर्षका थिए । प्रधान छलफलमा पुगेपछि जोशीले ती प्रधानको परिचय माग्दै २ मिनेटमै १२ हरफको एउटा कविता कोरे । छलफल सुरु हुन अगाडी नै मनिराजले कविता बाचन गरेपछि गाउँलेका नगरमा लोभी ठानिएका प्रधानले पहिलो पटक ५ रुपैयाँ झिकेर पुरस्कार दिएपछि नै मनिराज जोशीको साहित्यिक यात्राको सुरुवात भएको हो ।

२०४० सालतिर कवि मनिराज जोशीले कैलाली जिल्ला अदालतमा मुखिया पदमा सरकारी जागिर पाएका थिए । जोशीले स्वअध्ययनकै भरमा संस्कृत भाषामा एउटा पुस्तक प्रकाशित गरे–बेहडा बाबाको उत्पत्ति र महिमा । त्यो पुस्तक देखेपछि कतिले उनीमाथि चोरीको शंका गर्न थाले । तत्कालीन अञ्चल न्यायाधीश लक्ष्मीप्रसाद दाहालले त बारम्बार उनलाई भनिरहे– कहाँबाट चोरेर लेख्यौ ? तर फलानो किताबबाट चोरेको भनेर प्रमाण जुटाउन कसैले सकेन । सक्थे पो कसरी ? उक्त पुस्तक जोशीको आफ्नै मौलिक रचनामा आधारित थियो । उनीसँग औपचारिक शिक्षाका प्रमाणपत्र थिएनन् । त्यसैले भन्नेहरू सजिलैसँग भनिदिन्थे, आफैँ त के लेख्थ्यो र पढे–लेखेकै छैन, चोरे होला कहीँबाट । सात वर्षको उमेरमा बुवाले धर्ती छाडेपछि उनीमाथि एक दिदी, दुई भाइ र विधवा आमा सहितको पारिवारिक जिम्मेवारी एकातिर थियो । अर्कोतिर, बल्लतल्ल पाएको जागिर पनि पुस्तक चोरीको शंकामा धरापमा परेको थियो । उनी कस्सिए पुनः अर्को कृति तयार पार्न । उनको स्वअध्ययनबारे कसैलाई थाहा थिएन । मात्र एक महिनाको साधनाले संस्कृत भाषामै तयार भयो, बालज्योतिसार प्रबन्ध । त्यसपछिका दिनमा शंका गर्नेहरू मौन बसेर नियालिरहे उनलाई । आजका मितिसम्म उनका ६ महाकाव्य, चार वटा खण्डकाव्य, कथासंग्रह, कवितासंग्रह, भजनसंग्रह, निबन्धसंग्रह, लघुकाव्य गरी २४ कृति प्रकाशित छन् ।

मनिराज कुशलतापूर्वक शास्त्रीय छन्दको प्रयोग गर्छन्। सपेराले नाग नचाएझै“ कुशलतापूर्वक नचाउँछन, शब्दलाई र भर्छन् भावको रंगख । एकताका पोखराका कवि माधव वियोगीको अगुवाइमा कैलालीबाट सुरु गरिएको छन्दबचाउ अभियानमा तल्लीन थिए– कविहरू दीनानाथ भट्ट, पद्मराज जोशी प्रभात, भालचन्द्र भण्डारी ब्रह्मगोल, लगायत स्रष्टासँगै कवि मनिराज पनि । उनी प्रकृतिको महिमा गाउँछन् । जीवनका अनुभूति हार्दिकतापूर्वक प्रस्तुत गर्छन् । भाषा, संस्कृति, समाजसेवा र साहित्यमा विशेष योगदान पु¥याइरहेका जोशी ख्याति कमाएका ज्योतिष पनि हुन् । सदा हँसिलो मुहार लिएर यात्रारत शास्त्रीय छन्दका तपस्वी उनी थकित मुद्रामा कहिल्यै देखिन्नन् । उनको घरमा दिनैभरि जन्मकुण्डली देखाउनेको भीड लाग्छ । दिनभर अरुका भाग्यरेखा हेर्ने कवि मध्यरातसम्म बनिरहन्छन, सरस्वतीका उपासक । र, प्रकाशित गर्छन् बषैएपिच्छे कृतिहरू ।
डोटी जिल्लामा २०१२ सालमा जन्मेका जोशी ०३४ सालदेखि धनगढीमा बसोबास गरिरहेका छन् । 
थुप्रै सामाजिक संस्थामा आवद्ध जोशी चाकडी, चाप्लुसी र आत्मश्लाघा बटुलेर सफलता कमाउन चाहँदैनन् । उनी सुदूरपश्चिमको स्थानीय रङ्ग बोकेर काब्य सिर्जना गर्छन । एक बिनम्र इमान्दार र स्वाभिमानी कविका रुपमा चिनिएका छन् महाकाब्यकार जोशी । भदौरे मूलफुटेझै मुटुबाटै फुटेका मौलिक धारा हुन उनका रचना । ती रचनाहरूले पाठकको हृदयलाई झंकृत पार्छन । समाज र राष्ट्रको निम्ति उनले जेजति गरेका छन त्यो प्रसंशनीय छ । 
बाँकी भिडियोबाट ः

कमेन्ट लोड गर्नुस