‘पब्जी’ जस्तै 'फौ-जी' गेम सार्वजनिक
२०७७ माघ १३, ०५:४७
धनगढी: भारतको मल्टिप्लेयर ‘फौ–जी’ गेम सार्वजनिक भएको छ। गणतन्त्र दिवसका अवसरमा बलिउड अभिनेता अक्षय कुमारले गेम सार्वजनिक गरेका हुन।
रिलिज भएको केही समयमै धेरैले डाउनलोड गर्न थालिसकेका छन्। जसमध्ये केहीले यो गेम इन्स्टल गर्न समस्या देखिएको प्रतिक्रिया दिइरहेका छन्।
भारतमा पब–जी प्रतिबन्ध भएकै कारण पनि यसका प्रयोक्ता ह्वातै बढेको अनुमान गरिएको छ। -नवभारत टाइम्स
कमेन्ट लोड गर्नुस