कलेजमा भर्ना हुन ब्वायफ्रेण्ड बनाउनैपर्ने, गेटमा देखाउनुपर्नेछ ब्वायफ्रेण्डसँग खिचाएको फोटो !
काठमाडौं: प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेको दिन एउटा क्याम्पसमा अनौठौ नियम लगाइएको छ।
छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको अनौठो सूचना अहिले सोसल मिडियामा भाइरल बनेको छ।
सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेण्ड बनाउनै पर्नेछ भनीएको छ। ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ।
कलेजका सहायक डिन प्राध्यापकको नामको हस्ताक्षर राखिएको उक्त सुचनामा छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको उल्लेख गरिएको छ। छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वायफ्रेण्डसँग खिचाएको एक तस्वीरसमेत देखाउनुपर्नेछ।
आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको ध्यान आकर्षित भएको छ। तर उक्त सूचनामा कुनै सत्यता नरहेको कलेज प्रशासनले जनाएको छ।
त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावाही हुने पनि कलेजले जनाएको छ।