सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्यूटी पार्लरमा प्रहरीले छापा हानेको भिडियो भाइरल, ग्राहकको भागाभाग(भिडिओ)

२०७७ माघ १९, ०५:३७ खबर संवाददाता

काठमाडौं : कोरोना भाइरस संक्रमको महामारीमा बेला सबैतिर लकडाउन गरिएको थियो। सो समय अत्यावश्यक बाहेकका काम बाहेक कसैले बाहिर निस्किन पाउँदैन थिए। त्यसो गरेको पाइएमा प्रहरीले लखेटेको घटनाबारे तपाईहामीले सुन्यौं। 

यस्तै एउटा घटना भएको संयुक्त अधिराज्यको वेल्समा। क्वमब्रानमा लकडाउनको नियम उल्लंघन गर्दै खुलेको एक ब्यूटी पार्लरमा प्रहरीले छापा मार्दा ग्राहकहरू भागेको दृश्य सीसीटीभी फूटेजमा देखिएको छ। 

१३ दिनअघिको  युफोरिया ट्यानिङ हेयर यान्ड ब्यूटीले राष्ट्रव्यापी लकडाउनलाई उल्लंघन गर्दै खुला राखेकोमा एक हजार पाउन्ड जरिवाना गरिएको ग्वेन्ट प्रहरीले जनाएको छ। ३ जना ग्राहकलाई पनि जरिवाना तिर्न नोटिस पठाइएको छ। 

कमेन्ट लोड गर्नुस