कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिको जिम्मेवारी बाँडफाँड
धनगढी: नेपाली कांग्रेस निकट नेपाल साँस्कृतिक कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिको जिम्मेवारी बाँडफाँड भएको छ।
नेपाल साँस्कृतिक कलाकर्मी संघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा)को अध्यक्षतामा बसेको ९ वटै जिल्ला अध्यक्षसहितको बैठकले विभिन्न पदमा जिम्मेवारी बाँडफाँड गरेको हो।
संघको सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा भोजराज भाट(अछाम), सचिवमा तोयनाथ भट्ट(डोटी), कोषाध्यक्षमा सरस्वती भट्ट(डडेल्धुरा ), सह–सचिवमा कृष्णानन्द जोशी(बैतडी)लाई मनोनयन गरिएको संघका केन्दीय उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा) ले बताए।
त्यस्तै सदस्यहरुमा सुरज शाह(डोटी हाल गेटा), बुद्धि प्रसाद खनाल(कैलाली), गणेश सिंह धामी(दार्चुला), लक्ष्मी भण्डारी(कैलाली), डिएन बोहरा(डोटी), भानसिंह धामी(बैतडी), राज चौधरी(कैलाली), अनिश बिसी (बझाङ) लाई चयन गरिएको छ। जमुना साउँद ( डोटी ), दुर्गा रावल ( कञ्चनपुर )