सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘अभागी त म हुँ’ सार्वजनिक

२०७७ माघ २५, ०४:५० रासस

काठमाडौँ : नवीन रुक्मिणी भट्टराईको लोकगीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । 

शिव सुवेदी युट्युब च्यानलबाट आएको गीतले बजारमा आउनासाथ स्रोता/दर्शकको मन जित्न सफल भएको छ । गीतले केही दिनमै दुई लाख ५३ हजारभन्दा धेरै ‘भ्युज’ पाएको छ ।

यसमा अर्घाखाँचीका कुशल बेल्बासे र सुनितामी परियारले स्वर दिएका छन् । गीतमा डा शिव सुवेदीका शब्द र सङ्गीत छन् भने सङ्गीत संयोजन विनोद बाजुरालीले गरेका छन् । 

भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङले अभिनय गरेका छन्। भिडियोको  निर्देशन विनोद भण्डारीले गरेका हुन् ।  

डा सुवेदीका ‘घाम जस्तो चम्किलो जून हुँदैन’, ‘भुमरीमा परेँ भने म’, ‘आमा तिम्रो दूधको भारा’, ‘खै हाम्रो दिलमा त घामै लागेन’, ‘कल्पनामै भए नि देख्छु भनेको’ ‘बाँचेको छु धन्न’, ‘आफ्नो पन’ लगायत गीत बजारमा छन् । 

कमेन्ट लोड गर्नुस