सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस्टर एण्ड मिस थारुका लागि धनगढीबाट प्रेमराज र लुना छनौट

२०७७ माघ २८, ०८:११ खबर संवाददाता

धनगढीः तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन धनगढीमा सम्पन्न भएको छ।

अडिसनबाट प्रेम राज उमार र लुना चौधरी छनौट भएका छन्। अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुलाई काठमाण्डौंमा २५ दिनसम्म विभिन्न विधामा प्रशिक्षण दिइने छ ।

 प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत्र ७ गते आयोजकले जनाएको छ। विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस