भारतको तेलंगनामा गौरा र तीजसंगै मनाईयो
भारतको तेलंगनामा तीज र गौरा पर्व एक साथ मनाईएको छ। सुदूरपश्चिमेली नेपाली समाज भारत तेलंगना राज्य समितीको आयोजनमा तीज र गौरा पर्व मनाईएको हो। सूदुरपश्चिमेली नेपाली समाज भारतका प्रथम उपाध्यक्ष खगेन्द्र बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक भानुभक्त जोशी, गायिका गौरी भट्ट, अछामी रेखा थापा(भीम बिष्ट) लगायतको सहभागिता रहेको थियो।
विभिन्न सास्कृतीक कार्यक्रम संगै गौरा पुजन पनि राखिएको थियो। सोही अवसरमा तीजको व्रत बसेका महिलाहरुले पुजाआजा पनि गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाज भारतका महिला संयोजक बिष्ना थापा, सदूरपश्चिमेली नेपाली समाज भारतका दक्षिण सयोजक रमेश प्रसाद जोशी, केन्द्रिय पश्चिम उप–सयोजक दिपक बोगटी, केन्द्रिय सदस्य नबराज अवस्थी, केन्द्रिय प्रचार प्रसार बिभाग उप सयोजक, निरन्जन बिष्ट, केन्द्रिय खेलकुद बिभाग उप सयोजक इन्द्र बहादुर बिष्ट, केन्द्रिय सल्लाहाकार जयबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य सुदूरपश्चिमेली नेपाली समाज भारत तेलंगना राज्य समितिका बरिष्ठ उपाध्यक्ष भान बहादुर बिष्टले राखेका थिए भने कार्यक्रम सञ्चालन तेलंगना राज्य समितिका सचिब भरत प्रसाद धमलाले गरेका थिए ।
तेलंगना राज्य समितीका अध्यक्ष धिरज बिष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।