महिलालाई ८ वर्षदेखि दासी बनाएर राखिएको खुलासा !
काठमाडौं: अस्ट्रेलियाको मेलबोर्नमा उपनगरीय क्षेत्रमा रहेको एक घरमा भारतीय महिलालाई आठ वर्षदेखि दासी बनाएर राखिएको अवस्थामा पाइएको छ।
एक जोडीले उनलाई त्यस्तो अवस्थामा राखेको खुलासा भएको हो। ती महिला आफ्नै पिसाबको आहालमा डुबेर बसेकी थिइन्।
उनलाई घरमा दासी बनाएर राख्ने पतिपत्नीको जोडीविरुद्ध गैरकानूनी रूपमा बन्धक बनाएको आरोप छ। उनीहरूले सन् २००७ देखि २०१५ सम्म महिलालाई बन्धक बनाएका थिए।
ती महिला तमिलनाडुस्थित घरबाट दुईपटक मेलबर्न आएको र जोडीका तीन बालबालिकाको स्याहार गरेको बताइएको छ।
ती महिलालाई पीडा दिएर राखिएको अदालतको सुनुवाइमा पत्ता लागेको हो।