सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलाले न्यायाधीशलाई कण्डम पठाएपछि...

२०७७ फाल्गुन ८, ०२:४९

काठमाडौं : आफूलाई राजनीतिक विश्लेषक भनी चिनाउने एक महिलाले उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालालाई कण्डमको प्याकेट पठाएकी छन्। 

भारतको गुजरातमा बस्ने देवश्री त्रिवेदी नामक ती महिलाले न्यायाधीश गनेडीवालाका विवादास्पद फैसलाले समाजमा रहेका अपराधीहरूमा गलत सन्देश प्रवाह गरेको भन्दै कण्डम पठाएकी हुन।  १२ वर्षीया बालिकाको कपडा नखोलिकन स्तन समात्ने पुरुषलाई छालाले छाला छोइएको थिएन भन्दै सफाइ दिइन् र त्यसको विरोधमा कण्डम पठाएको गनेडीवालाले बताइन। 

त्रिवेदीले १२ वटा प्याकेटमा १५० वटा कण्डम प्याक गरेको यूट्युब भिडियो पनि अप्लोड गरेकी छन्। ती प्याकेट उनले उच्च अदालतमा अनि न्यायाधीशको सरकारी निवासमा समेत पठाएकी छन्।

त्रिवेदीले गनेडीवालाका विवादास्पद फैसलाको विरुद्ध अभियान शुरू गर्ने घोषणा पनि गरेकी छन्। -ऐजेन्सी

कमेन्ट लोड गर्नुस