चलचित्र ‘बाबरी’मा तृप्तीका छोरा र अदितीको जोडी
धनगढी: चलचित्र ‘बाबरी’मा नायिका तृप्ती नाडकरका छोरा धिरज टोटलानी र नायिका अदिती वुढाथोकीको जोडी बाँधिने भएको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’बाट धिरजले नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।
अदितीको भने यो दोश्रो चलचित्र हो । यसअघि उनले चलचित्र ‘कृ’मा अभिनय गरेकी थिइन् । निर्माणपक्ष चलचित्रको छायांकन केही दिनमै सुरु गर्ने तयारीमा रहेको छ ।
दोश्रो बिहेपछि भारतमा बसिरहेकी तृप्तीले छोरा धिरज टोटलानीलाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेकी हुन् ।