१० सेकेण्डको भिडियो ७७ करोडमा विक्रि(भिडियोसहित)
एजेन्सी: अमेरिकाको मियामीमा रहने एक कला संकलकले बनाएको १० सेकेण्डको भिडियो ६६ लाख डलर अर्थात् ७७ करोड (नेरु) भन्दा बढीमा बिक्री भएको छ।
६७ हजार डलर अर्थात् करिब ७९ लाख खर्चिएर माइक विंकेलम्यान(डिजिटल आर्टिस्ट बीपल)ले बनाएको उक्त भिडियो उनले बेचेका छन्। उक्त कालात्मक भिडियोमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जमीनमा पछारिएका देखिन्छन्। उनको शरीरमा अनेकन टाटू हानिएको देखिन्छ। नारा कोरिएका छन्। त्यसमाथि ट्वीटरको चरा पनि बसेको देखिन्छ।
यस्तो भिडियो बनाउन लगानीको आवश्यकता पर्ने भएकाले कतिले लगानी गर्ने गर्दछन् र नन–फन्जिबल टोकेन डिजिटल प्लेटफर्ममा हुने हुँदा मन पराउनेले किन्न सक्छन्। भिडियो आर्ट कलेक्टर पाब्लो रोड्रिगेजले बिक्री गरेका हुन।