सुदूर नेपाललाई विश्वसँग जोड्दै

पान खुवाएर केटी भगाउने मेला

२०७७ फाल्गुन २४, १२:३५

एजेन्सी:  भारतको मध्य प्रदेशको हरदा जिल्लामा अनौठो बिहे परम्परा छ। 

हरदा जिल्लाको मोरगढी गाउँमा हरेक वर्ष दीपावलीभन्दा एक हप्ता पछाडि एउटा अनौठो मेला लाग्दछ। भगोरिया मेलामा ठूलो संख्यामा आदिवासी युवक तथा युवतीहरु सहभागी हुन्छन्। उक्त बजारमा आदिवासी युवा युवतीले एक अर्कालाई पान खुवाएर बिहे गर्ने प्रथा प्रचलित रहेको छ।

त्यहाँ दिनभर युवा युवतीहरुसँगै घुम्दछन् र बेलुकी विवाह बन्धमा बाँधिन्छन्।

पान खुवाएपछि बिहेको घोषणा गरिन्छ। त्यसपछि बेहुलाले बेहुली लिएर आफ्नो घर जान्छ र बेहुलीका बुवा–आमालाई त्यसको जानकारी गराइन्छ।

कमेन्ट लोड गर्नुस