सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले पाए उत्कृष्ट गीतकारको अवार्ड

२०७७ चैत्र ५, ०३:५९ खबर संवाददाता

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकार अवार्ड प्राप्त गरेका छन्। ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि उनलाई नीम अवार्ड प्रदान गरिएको हो।

निम अर्वाडका तर्फबाट प्रधानमन्त्री ओली निवास बालुवाटार पुगेर मनोज भेटवाल, विश्व दीप घिमिरे र निर्देशक मोहन निरौलाले अर्वाड हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति , युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मलिना राई र शान्तिराम राईको स्वर तथा सङ्गीत रहेको छ।

 

कमेन्ट लोड गर्नुस