बेहुला बिहेमै मस्त निदाएपछि...(भिडिओसहित)
एजेन्सी: पछिल्लो समय एक बेहुला बिहेमै मस्त निदाएको भिडिओ भाइरल बनेका छ। जहाँ वरमाला कार्यक्रम हुने स्टेजमा बेहुली साथमा रहेका बेहुला निदाएको देख्न सकिन्छ।
उनी वरमालाको स्टेजमा फोटो खिचाउँदा खिचाउँदै थकित बनेर निदाएका थिए। वरमालाको कुर्सीमा बस्दाबस्दै दुलाहा निदाएपछि त्यहाँ उपस्थित भएकाहरुले उनलाई उठाउने कोसिस गरेका छन्।
तर उनको निद्रा खुलेन। उनीसँगै बसेकी दुलही भने ट्वाल्ल परेर यो सबै हेरिरहेकी छिन्।