सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो बन्यो ‘डमरुको डन्डीबियो’को ट्रेलर (भिडियो)

२०७४ चैत्र २२, ०५:४५

अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ। नेपालको पूर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन्।

उनको यो डेव्यु निर्देशकिय चलचित्र हो भने यसअघि नोभेम्बर रेन, क्यासिक, डायरी जस्ता चलचित्रमा स्क्रिप्ट लेखिसकेका छन्। समृद्धि इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको चलचित्रमा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ।

चलचित्रको ट्रेलरमा डन्डीबियो खेलको उत्थानको लागी लागिपरेका युवाहरूको कथालाई प्रस्तुत गरिएको छ। चलचित्रमा खगेन्द्रसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिस्री थापा लगायतका कलाकारको अभिनय रहेको छ।

आगामी वैशाख २१ गतेबाट रिलिज हुने चलचित्रमा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाङ्कन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ।
सिनेपाटी
 

कमेन्ट लोड गर्नुस