चलचित्र छायाकंनका लागि गन्तव्य बन्दै सुदुरपश्चिम
कुनै समयमा नेपाली चलचित्र पोखरा र चोभारका दृश्य बिना अधुरा लाग्थे । पोखरामा गीत र चोभारमा क्लाइमेक्सको दृश्य नभएका चलचित्र बिरलै देख्न पाइन्थ्यो । तर, चलचित्रमा डिजिटल पुस्ताको आगमनसँगै छायांकनको दायरा पनि बिस्तार हुँदै गएको छ ।
सोही क्रममा राजधानीबाट टाढा रहेको प्रदेश नम्वर ७ अर्थात सुदुरपश्चिममा पनि नेपाली चलचित्र र म्युजीक भिडीयो छायांकन गर्ने क्रम बढेको छ ।
यतिबेला प्रदेश नम्वर ७ का कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, अछाम लगायतका जिल्लामा रहेका सुन्दर एवं रमणीय स्थलमा थुप्रै चलचित्र छायांकन गरिएका छन् । नेपाली साहीत्यमा युवाहरु माझ चर्चीत बनेको उपन्यास हो, समर लभ ।
यस्का मुख्य पात्रहरु अतीत र शायाको संघर्षपुर्ण प्रेम कहानी समर लभमा छ ।
सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’ कै कथा बस्तुमा आधारित चलचित्र धनगढी र महेन्द्रनगरमा छायांकन भईसको छ ।
एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा समर लभका दुवै पात्र अतित र शाया बीच प्रेम सम्वन्ध सुरु भएको, काम र पढाईको शिलशिलामा अतीत धनगढी र शाया नर्वे गएको चलचित्रको कथा बस्तु भएकाले चलचित्र निर्माण पक्षले धनगढीमै आएर छायांकन गरेको हो ।
कैलालीको चिसापानी, घोडाघोडी, धनगढीको हसनपुर, बनदेवी मन्दीर, बजार क्षेत्र, कञ्चनपुरको दोधारा चाँदनी र विभीन्न होटलका दृष्य चलचित्र समर लभमा देख्न पाईने चलचित्रका निर्देशक मुस्कान ढकालले बताए । प्रदेश नम्वर ७ मा नेपाली चलचित्र छायांकन भएको यो पहिलो पटक भने होईन ।
यसअघि पनि नेपाली चलचित्र मोहनी लाग्ला है, जोखीम, ब्रेक फेल, बिन्दास टु, वार, भिमदत्त, हिम्मतवाली, रानी, ग्याङस्टार ब्लुज लगायतका दर्जनौ चलचित्र र त्यस्मा समेटीने गितहरुको छायाङकन यस क्षेत्रका रमणीय स्थानमा भईसकेको छ ।
चलचित्र रानीको निर्माण पक्षले त चलचित्रको मुख्य गितको छायाङकन खप्तड पुगेर सम्पन्न गरेको थियो ।
नेपाली चलचित्रलाई आवश्यक पर्ने थुप्रै दृष्यहरु सुदुरपश्चिममा रहेका कारण लामो पैदल यात्रापछि खप्तड पुगेर चलचित्रको गितको छायांकन गरीएको चलचित्रका निर्माता भानु महर्जनले बताए ।
कुनै बेला सुदुरपश्चिममा बर्षको एउटा पनि नेपाली चलचित्रको छायांकन टिम भेटाउन मुस्कील पर्ने गरेकोमा पछिल्लो समय प्रत्येक महिना नै चलचित्रको छायांकन हुने गरेको छ ।
धेरै चलचित्रको कथा र लोकेसनले सुदुरपश्चिमको जनजीवन माग्ने गरेकाले चलचित्रहरू सुदुरमा छायांकन गर्ने क्रम बढेको हो ।
नेपाली चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोग बढेसँगै सामान्य स्थानलाई पनि उत्कृष्ट देखाउन सकिन्छ । त्यसमाथि सुन्दर र रमणीय स्थानले त दर्शकको मन छुने भएकाले धेरै चलचित्र निर्माताले यहाँका रमणीयण स्थानहरुलाई क्यामेरामा कैद गर्न थालेका हुन् ।
अग्ला पहाड, चुरे र तराईको समथर भूमि, शहर, सुकुम्वासी बस्ती र आदिवासी जनजातिको संस्कृति झल्कने आवासीय क्षेत्र तथा प्राकृतिक छटाले भरिपूर्ण सुदुरपश्चिमका सबै स्थानमा यातायातको सहजता मात्रै भए चलचित्र छायाङकनको क्रम अझै बढ्ने धेरैको बुझाई छ ।
राजधानी काठमाडौँबाट टाँढा रहेकाले विगतमा खर्चीलो बढि हुने भन्दै सुदुरपश्चिममा चलचित्र छायांकन हुने क्रम निकै कम थियो ।
तर यस क्षेत्रका रमणीय स्थानहरुको प्रचार, सुन्दर सुदुरपश्चिम अभियान र चलचित्रले चाहेजस्ता रुप र रङका कलाकारहरुले सुदुरपश्चिमबाट बढ्दो सङख्याले पनि यो क्षेत्रमा नेपाली चलचित्रको छायाङकनमा पर्न थालेको हो । निर्देशक र निर्माता मात्रै होइन यहाँको सुन्दरताको चर्चाले कलाकार पनि सुुदुरपश्चिमको छायांकन भनेपछि भुतुक्कै हुने गर्छन् ।