विदेशमा पहिलो पटक देउडा गितको छायाँकन
देउडा सर्जक लक्ष्मण अधिकारीको दोस्रो गित कम्मर लड्काई–लड्काई नयाँ वर्षमा बजारमा आउने भएको छ । पहिलो गित दुवईको लाहुर्याको सफलतापछि अधिकारीको दोस्रो गित बजारमा आउन लागेको हो । अधिकारीको आफ्नै शब्द र राजेन्द्र शाह बिपीको लय रहेको सो गितमा चर्चित गायक तथा संगितकार बिनोद बाजुरेली र स्मृति शाहीको स्वर रहेको छ । बैशाख १ गते बजारमा आउन लागेको सो गितको म्युजिक भिडियोको छायाँकन दुबईमा गरिएको छ ।
बिदेशमा देउडा खेल सहित म्युजिक भिडियो छायाँकन गरिएको यो पहिलो देउडा गित हो । सागर परियार तथा लोकराज पाण्डेयको छायाँकन अनि सागर बोहराको निर्देशन रहेको म्युजिक भिडियोमा लक्ष्मण अधिकारी र बिमला महरा गुड्डीको मुख्य अभिनय रहेको छ ।
सुदुरपश्चिम सेवा समाज युएई तथा प्रवासमा रहेका सुदुरपश्चिमेलीहरुको देउडा संस्कृति प्रतिको लगावका कारण गितको म्युजिक भिडियो बिदेशी भुमीमा संम्भव भएको अधिकारीको भनाई छ । बिगत ८ वर्ष देखि दुबईमा कार्यरत सर्जक अधिकारी नेपालका पुर्व अन्तराष्ट्रिय कबड्डी खेलाडि पनि हुन ।