गरिबी
-गोबिन्द ओझा
बिहान उठ्ने बेला छोराले सोध्छ
बिहान उठ्ने बेला छोराले सोध्छ बुवा आज के खाने
छोरीले सोध्छन् बुवा हामीले भात खाने दिन कहिले आउने
हिउँदको जाडोमा पनि छोराछोरीको लगाउने लुगा छैन
एक गिलास पानी खाएर सुते खानलाई केही छैन
एक छाक खानलाई पनि कति संघर्ष गर्नुपर्ने रहेछ
यहाँ गरिबको आवाज कसले पो सुनिदिन्छ
भात खान यहाँ दसैँ कुर्नुपर्ने
आधा पेट मात्र खाएर कति संघर्ष गर्ने
छाक टार्न र जहान पाल्न धौ–धौ छ
गरिबको पहिचान गरिबी नै रहेछ
कसका लागि परिवर्तनको नारा लाग्छ देशमा
गरिबीले भोको पेटमा बस्नुपर्दा झुपडीमा