सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सेवा समाज युएईको अध्यक्षमा भण्डारी

२०७५ पुष २८, १०:२१ खबर संवाददाता

सुदूरपश्चिम सेवा समाज युएईको अध्यक्षमा सन्ध्या भण्डारी बोगटी चयन भएकी छिन्। समाजले भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। यस्तै बरिष्ठ उपाध्यक्षमा धन खÞका, उपाध्यक्षमा भीमसिंह काशि, महिला उपाध्यक्षमा सुधार चौधरी, महासचिबमा दिनेश महरा, सचिबमा सानुकानी भट्ट, कोषाध्यक्षमा मोहन ठकुराठी चयन भएका छन्।

कामका लागि युएई पुगेका सुदूरपश्चिमहरुले सुदूरपश्चिम सेवा समाज युएई गठन गरेका थिए। समाजले युएईमा समस्यामा परेका सुदूरपश्चिमेलीहरुको सहयोग गर्दै आएका छन् भने सुदूरपश्चिममा कुनै समस्या परेपनि सहयोग गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस