सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो बार्षिकोत्सव मनाईयो
२०७५ माघ १७, १२:०१
सुदूरपश्चिमेली नेपाली समाज भारतको दोस्रो बार्षिकोत्सव मनाईएको छ। कर्नाटक, जम्मु कश्मीर, हरियाणा, पुना, मुम्बई, तामिलनाडु, दिल्ली, तेलंगाना राज्य समितिहरुले दोस्रो बार्षिकोत्सव मनाएका हुन्। प्रबासमा भएपनि आफ्नो कला, संस्कृति, भेषभूषा बिर्सीन नहुने भन्दै र आपसी मेलमिलाप कायम राख्ने उद्येश्यले सुदूरपश्चिमेली नेपाली समाज भारत पनि २ बर्ष अगाडी स्थापना गरिएको थियो। भारतका विभिन्न शहरहरुमा सुदूरपश्चिमेली नेपाली समाज बिस्तार गर्ने क्रम जारी रहेको समाजका निरन्जन विष्टले बताए।
कमेन्ट लोड गर्नुस