लम्कीमा डिपिटी खोप लगाएका बालकको मृत्यु
कैलालीका लम्कीचुहा नगरपालिका १ मा रहेको बलिया स्वास्थ्य चौकीमा डिपिटी खोप लगाएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का पुजा आलेमगरका ६ महिने छोरा विनोद रहेका छन्।
गत माघ २० गते स्वास्थ्य चौकीमा खोप लगाएका छोराको मृत्यु भएको पुजा आलेमगरले बताईन्। आलेमगरले स्वास्थ्यकर्मीले बालकको पहिले खोप लगाएकै भागमा फेरी लगाएको बताईन्। स्वास्थ्यकर्मीको लापरवाहीले बालकको मृत्यु भएको आरोप समेत उनको छ। यस्तै डिपिटी खोप लगाएकी स्थानीय अस्मिता खत्रीकी छोरी सुप्रिया पनि विरामी परेको आफन्तले बताएका छन्।